एकैदिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

एकैदिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मै धेरै कोरोना संक्रमित देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन एक हजार १६ जनामा कोरोना संक्रमित देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।



त्यस्तै थप ८५ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म १७ हजार ५८० जना संक्रमित कोरोनामुक्त भएका हुन्।

त्यस्तै काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन्।

नेपालमा हालसम्म ११४ जना संक्रमित मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट