क्लासिक टेकद्वारा १ सय ६६ जना कर्मचारी माग-Sutra News

क्लासिक टेकद्वारा १ सय ६६ जना कर्मचारी माग

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कर्मचारी माग गरेको छ। क्लासिक टेकले सोमबार एक विज्ञप्ति जारी गर्दै १ सय ६६ जना कर्मचारी माग गरेको हो।



कम्पनीले सेवा विस्तारका लागि कर्मचारी आवश्यक भएको बताउँदै काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रूपमा १० जना कर्मचारी माग गरेको छ।स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरूले अफिसरका पदमा आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ।

सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदका लागि पनि ५०/५० जना कर्मचारी माग गरेको छ। काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका कर्मचारी मागिएको कम्पनीले जनाएको छ । यस पदमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने कम्पनीको भनाइ छ।

सेल्स एसोसिएटको लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरूले आवदेन दिन सकिनेछ । त्यसैगरी एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने बताउँदै कम्पनीले फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने बताएको छ।

कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ। काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो। यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट