भारतीय अभिनेत्री नताशा सुरीलाई कोरोना संक्रमण-Sutra News

भारतीय अभिनेत्री नताशा सुरीलाई कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

भारतीय अभिनेत्री नताशा सुरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनअघि उनलाई ज्वरो, कमजोरी तथा घाँटीमा समस्या देखिएपछि परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । ‘६ दिनअघि आकस्मिक कामले म पुणे गएकी थिएँ’, नताशाले भारतीय संञ्चारमाध्यम बम्बई टायम्ससँग कुरा गर्दै भनेकी छिन्, ‘फर्किएपछि ज्वरो, घाँटी दुख्ने र कमजोरी महसुस भएको थियो । तीन पटक परिक्षण गर्दा मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।’

अहिले उनी आफ्नै घरमा क्वारेन्टाइनमा छिन् भने रोगप्रतिरोधात्मक क्षमता बढाउन औषधी लिईरहेको बताएकी छिन् । नताशाले सन् २०१६ मा ‘किङ लायर’, सन् २०१८ मा ‘बा बा ब्ल्याक सिप’ लगायतका सिनेमामा अभिनय गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट