माइती पुगेकी युवतीसँगै एक पुरूषको शव होटलमा फेला-Sutra News

माइती पुगेकी युवतीसँगै एक पुरूषको शव होटलमा फेला

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । धनुषाको जनकपुरस्थित रामानन्दचोकको होटेल होलिडे एण्ड गेष्ट हाउसमा दुई जनाको शव भेटिएको छ । होटलमा महिला र पुरुषको शव फेला परेको हो ।



महोत्तरीको पिपरा गाउँपालिका ३ का ३१ वर्षीय हितेन्द्र पासवान र सोही स्थान माइती भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी करिब २५ वर्षीया प्रियंका कापरको शव फेला परेको हो ।

आज बिहान ११ बजे कोठा नम्बर २०५ मा दुवै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको प्रहरी टोली कोठाको ढोका फोडेर बालिकालाई बाहिर निकालेर अनुसन्धान सुरु गरेको छ । उनीहरू दुवै जना चार दिनदेखि होटेलमा बस्दै आएका थिए ।

मृतक पुरूषको श्रीमतीसहित चार सन्तान छन् । महिलाको होटलमा फेला परेकी छोरीसहित श्रीमान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट