प्रहरीकै साथबाट हरायो १० राउण्ड गोलीसहित पेस्तोल-Sutra News

प्रहरीकै साथबाट हरायो १० राउण्ड गोलीसहित पेस्तोल

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडौं । इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा ड्युटीमा रहेका प्रहरीको साथबाट पेस्तोल हराएको छ ।



आइतबार मध्यरातमा गाँजा तस्करी भएको सूचना पाएको प्रहरी जंगलमा जाने क्रममा वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको प्रहरीले जनाएको छ ।

पेस्तोलमा १० राउण्ड गोलीसमेत रहेको छ । ड्युटीमा खटिएका सुरक्षाकर्मीबाट हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ । अहिले पेस्तोलको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट