इलाम पुगेर रवि लामिछानेले भने- पानी खुवाउने पैसा छैन, रक्सी र मासु कसरी बाँड्नु-Sutra News

इलाम पुगेर रवि लामिछानेले भने- पानी खुवाउने पैसा छैन, रक्सी र मासु कसरी बाँड्नु

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले चुनावी प्रचार प्रसार गर्न इलाममा छन् ।



पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा लामिछानेसहित नेताहरूले सम्बोधन गर्दै आएका छन् । सोही क्रममा इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै उनले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरे ।

आफ्नो पार्टीसँग इमानदार उम्मेदवारबाहेक केही नभएको भन्दै उनले भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन, रक्सी र मासु त कसरी बाँड्नु ।’

यस्तै, उनले जनताले सोचेजस्तो उम्मेदवार नभए नेता फेर्न सकिने बताउँदै थपे, ‘हामीले सोचेजस्तो उहाँले भनेजस्तो नेता राम्रो भएन भने फेर्न सकिन्छ, मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बु आउँछ, लामिछानेले गर्न सकेन भने अर्को आउँछ, तपाईं त शक्तिशाली जनता हो, के ऋण खानु भएको छ र मेरो ? के ऋण खानुभएको छ र मिलन लिम्बुको ? अरूको खाच्चखुच्च खानु भयो होला, हाम्रो त खुवाउनै सक्दैनौँ खुवाउँदैनौँ पनि, यी पानी खुवाउने पैसा छैन हाम्रो त ।

उनले अरू पार्टीहरूले चुनावका लागि मासु र रक्सी बाँडेको संकेत गर्दै आफ्नो उम्मेदवार काम गर्ने दाब गरे । यस क्रममा उनले मिलनलाई जिताउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट