लगातार एकपछि अर्काे नयाँ रेकर्ड बनाउँदै सुनकाे मूल्य-Sutra News

लगातार एकपछि अर्काे नयाँ रेकर्ड बनाउँदै सुनकाे मूल्य

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँ पुगेकाे छ । महासंघका अनुसार मंगलबारकाे मूल्य हालसम्मकै उच्च हाे ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्यले नयाँ रेकर्ड बनाइरहँदा चाँदीकाे मूल्य भने मंगलबार स्थिर छ । यस दिन चाँदी प्रतिताेला एक हजार ६ सय ८५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेकाे मूल्यवृद्धिकाे प्रभाव स्वदेशी बजारमा परेकाे महासंघले जनाएकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट