शेयर बजारमा फर्कियाे आशा-Sutra News

शेयर बजारमा फर्कियाे आशा

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा बृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार २२.७५ अंकले बढ्दै बजार २०२६.८१ को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १.१३ प्रतिशतले बृद्धि भएको छ ।



यस दिन कारोबारमा आएका २४५ कम्पनीमध्ये १९० कम्पनीको मूल्यमा बृद्धि भएको छ भने ४८ कम्पनीको मूल्य गिरावट आएको छ । यस दिन सात कम्पनीको मूल्य भने स्थिर भयो ।

यस दिन चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने मानुषी लघुवित्त, विन नेपाल लघुवित्तसहित चार कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीको बृद्धि भयो । सुधार देखिएको बजारमा तारागाउँ रिजेन्सी होटलको भने मूल्यमा नकारात्मक सर्किट लाग्यो ।

बजारमा सुधार भएसँगै कारोबार रकम पनि बढेको छ । यस दिन एक करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ भयो ।

स्टक एक्सचेन्जका अनुसार यस दिन सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको संस्थापक शेयरको खरिद–बिक्री भएको छ । यस दिन पुनर्बिमा कम्पनीको ३४ लाख शेयर खरिद–बिक्री हुँदा कारोबार रकम ९५ करोड २० लाख रुपैयाँ बराबरको भयो ।

पुनबिर्मासँगै यस दिन गोरखा फाइनान्स, सूर्य ज्योति लाइफ, सवोत्तम सिमेन्टलगायतको कारोबार उच्च रह्यो ।

लगातारको गिरावटपछि भएको बृद्धिले नेप्सेले क्रमशः सुधार हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट