सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी वृद्धि भएको छ । योसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।



आइतबार आज सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य दुई हजार ९०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट