केपी ओलीले भने- पोहोर कांग्रेसले प्रधानमन्त्रीलाई समर्थन गरेको थियो, अहिले पनि गर्दा हुन्छ-Sutra News

केपी ओलीले भने- पोहोर कांग्रेसले प्रधानमन्त्रीलाई समर्थन गरेको थियो, अहिले पनि गर्दा हुन्छ

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतका लागि पेश गरेका छन् ।



संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्नेबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नु पर्ने तर्क राखे ।

‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारणबारे भनेका कुरा चित्तबुझ्दा छन्, म समर्थनबाट सुरु गर्छु, पोहोर साल पनि यस्तै अवस्था थियो, नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो, समर्थन गरेको थियो, अहिले चाहिँ किन समर्थन नगर्ने ?,’ ओलीले संसदमा भने ।

अध्यक्ष ओलीले पोहोर साल कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउँदै भने, ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन, भित्रभित्रै के थियो थाहा छैन, समर्थन गरेको थियो, अहिले पनि गर्दा हुन्छ ।’

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता गर्दै पुनः विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट