किन शिक्षा मन्त्रालयकै आह्वानलाई अवज्ञा गर्दैछ शिक्षक महासंघ ?-Sutra News

किन शिक्षा मन्त्रालयकै आह्वानलाई अवज्ञा गर्दैछ शिक्षक महासंघ ?

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौँ। सरकारले वार्ताका लागि बोलाएको बैठकलाई नेपाल शिक्षक महासंघले अवज्ञा गरेको छ।



आज दिउँसो ३ बजेका लागि शिक्षा मन्त्रालयले महासंघलाई वार्तामा बोलाएको थियो। महासंघले शिक्षा मन्त्रालयले माग पूरा गर्न नसक्ने भन्दै वार्ता अवज्ञा गरेको हो। विद्यालय शिक्षा विधेयकको विरुद्धमा अहिले महासंघ आन्दोलित छ।

‘शिक्षा मन्त्रालयबाट जारी भएको विज्ञप्तिको आधारमा सामाजिक सञ्जालमा वार्ता आरम्भ भएको हो कि भन्ने भ्रमपूर्ण पोष्ट तथा अभिव्यक्ति आईरहेको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ महासंघले भनेको छ, ‘बदलिएको यस परिस्थितीलाई मध्यनजर गरी मन्त्रालयबाट सार्वजनिक विज्ञप्ति मार्फत् आह्वान भएको वार्ताले समाधान ननिस्कने हुनाले त्यो वार्तामा बस्नुको कुनै औचित्य देखिदैंन।’

विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार दिउँसो तीन बजेका लागि शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा हुने सरोकारवाला मन्त्रालयले जनाएको थियो। त्यसका लागि मन्त्रालयले महासंघलाई आग्रह समेत गरेको थियो।

तर, आफूहरुसँग यस अघि पटक पटक भएका सम्वाद र छलफल पछि पनि आफ्ना मुद्दाहरु विधेयकमा समावेश नभएकोले शिक्षा मन्त्रालयको एकल प्रयत्नमा सुधार र परिवर्तन हुन सक्ने कुनै सम्भावना नरहेको महासंघको तर्क छ।

महासंघले असोज ३ गते काठमाडौँ केन्द्रित आन्दोलनका रूपमा माइतीघरमा प्रदर्शन गर्दैछ। आन्दोलनका लागि असोज २ मै सबै शिक्षकलाई काठमाडौँ आइपुग्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट