काठमाडौँका विद्यालयमा राजनीतिक कार्यक्रम गर्न बालेनले लगाए प्रतिबन्ध-Sutra News

काठमाडौँका विद्यालयमा राजनीतिक कार्यक्रम गर्न बालेनले लगाए प्रतिबन्ध

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ- काठमाडौं महानगरपालिकाले विद्यालयभित्र राजनीतिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ। महानगरभित्रका सबै विद्यालयहरुलाई परिपत्र गर्दै केही विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम भएको प्रमाणसहित उजुरी प्राप्त भएपछि मेयर बालेन शाहले प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।



यसलाई कडाइका साथ कार्यान्वयन गर्न पनि उनले निर्देशन दिएका छन्। विद्यालयमा राजनीतिक कार्यक्रम भए प्रधानाध्यापकमाथि विभागीय कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट