सक्छौं भने थोत्रा विमानलाई बिदा देऊ-Sutra News

सक्छौं भने थोत्रा विमानलाई बिदा देऊ

सोमबार, २ माघ २०७९

सोमबार, २ माघ २०७९

डा. रवीन्द्र पाण्डे । सयौंपटक हवाइजहाज चढें, यती एयरलाइन्समा धेरै बर्ष पहिले चितवन गएको थिएँ । त्यो बेला मलाइ हवाइजहाज हैन, बिक्रम टेम्पु चढेजस्तो लागेको थियो । खटारा आवाज तथा तलमाथि बम्पिंग गर्दा मलाइ चितवन पुग्छु जस्तो पटक्कै लागेको थिइन । चितवन पुग्दा ठूलो कालबाट बाँचेजस्तो अनुभव भयो । फर्किंदा यतीको टिकेट क्यान्सिल गरेर गोरखा एयरमा आएँ । त्यसपछि बुद्ध एयरलाई प्राथमिकता दिएँ ।



यती एयर नेपालको सबैभन्दा बदनाम र असुरक्षित एयरलाइन्स हो । युरोप लगायत विश्वका धेरै देशले यो जहाज नचढ्न सिफारिस गरेका छन् । कतै पढेको थिएँ – विश्वका खतरनाक एयरलाइन्समध्ये यती ५ औं नम्बरमा छ । यसको रेटिंग ७ मा १ मात्र छ । उडान क्यान्सिल गरेर यात्रुलाई दुख दिनेमा यती एयर पहिलो पंक्तिमा छ ।

मैले धेरै चढ्ने बुद्ध एयर हो ।बुद्ध एयर पनि धेरै पुराना जहाज चलाएर ढुक्क हुने खालको छैन । नेपाल एयरलाइन्स त कमिसनको अखडा बनेको सबैलाई थाहा छ । नेपालका प्राय एयरलाइन्स पुराना, थोत्रा, अरु देशमा काम नलाग्ने तथा Discard गर्ने खालका छन् । साहुलाई कम लगानीमा धेरै फाइदा भए पुग्यो, नियामक निकायलाई पैसाका मुठा पाए पुग्यो अनि कसले वास्ता गर्ने मान्छेको जीवन ?

ब्यापार गर तर नयाँ जहाज ल्याऊ । नयाँ / पुराना सबैलाई उडानपूर्व प्राबिधिक परिक्षण गर | परिक्षणको डिटेल रिपोर्ट डिस्प्लेमा राख । एयरपोर्ट तथा टावरको कनेक्सन कन्फ्युज नहुने बनाऊ । हाम्रो भौगोलिक अवस्था अनुसार पाइलटलाई समयसमयमा तालिम देऊ अनि एयरपोर्ट वरिपरी सुरक्षित संरचना बनाऊ । बजेट सक्न, कमिसन खान जहाँ पायो त्यहिं एयरपोर्ट नबनाऊ। सेफ्टी फर्स्ट को नीति अबलम्बन गर । दुर्घटना भएमा १ मिनेट भित्र दमकललगायत रेस्क्यु टिम तथा सामग्री पुग्ने तयारी गर । दुर्घटनास्थलमा सुरक्षाकर्मी तथा प्रोफेसनल उद्दारकर्मी बाहेक अरुलाई प्रतिबन्ध लगाऊ । जोखिम भवन, डांडा भत्काऊ ।

थिलिथिलो भएको अर्थतन्त्रलाई थप प्रहार गर्न बिदा दिने उपहास नदोहोर्याऊ । सक्छौं भने थोत्रा विमानलाई बिदा देऊ । सबैभन्दा सुरक्षित मानिने आकासको यात्राको यो हालत छ भने बसयात्राको हालत के होला ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट