प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित, कुन दलबाट कति विजयी भए ?-Sutra News

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिलामध्ये सबै पराजित, कुन दलबाट कति विजयी भए ?

बुधबार, २१ मंसिर २०७९

बुधबार, २१ मंसिर २०७९

काठमाडौं – आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित भएका छन् । प्रतिनिधि सभा प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव लडेका सबै महिला पराजित भएका हुन् । प्रतिनिधि सभातर्फ देशभर राजनीतिक दल र स्वतन्त्र गरी कूल २२५ जना महिला उम्मेदवार थिए ।



उनीहरूमध्ये ९ जना मात्र निर्वाचित भएका छन् । नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट १ जना, नेकपा माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना गरी कूल ९ जना महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका हुन् ।  देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएका ७९० जना पुरुषमध्ये ५ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट