‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी-Sutra News

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

सोमबार, १९ मंसिर २०७९

सोमबार, १९ मंसिर २०७९

काठमाडौं – आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले  उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने  लगभग निश्चित भएको हो ।



सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो । थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट