प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गर्दै यसो भने ज्ञानेन्द्र शाहीले (भिडियोसहित)-Sutra News

प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गर्दै यसो भने ज्ञानेन्द्र शाहीले (भिडियोसहित)

सोमबार, २३ साउन २०७९

सोमबार, २३ साउन २०७९

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आउँदो निर्वाचनमा जुम्लाबाट उठ्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शाहीले आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरे ।



उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौँ पठाए पनि कसैले जुम्लाको आवाज नसुनेको बताउदै त्यहाँबाट उठ्ने निर्णयमा पुगेको बताए ।

उनले आफूलाई काठमाडौँ , चितवन, नवलपरासी रुपन्देहीबाट चुनाव लड्न आग्रह गरिएको तर आफूलाई विकट ठाउँबाट नै उठ्ने रहर लागेको बताए । पहिले गाउँलाई शहर बनाउन जरुरी रहेको उनको भनाई छ । उनले आफ्नो उम्मेदवारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट