एमालेभित्र माओवादीको बीउ रोप्यौं, पार्टी प्रबेश गर्न लाज नमानौं – प्रचण्ड (भिडियोसहित)-Sutra News

एमालेभित्र माओवादीको बीउ रोप्यौं, पार्टी प्रबेश गर्न लाज नमानौं – प्रचण्ड (भिडियोसहित)

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र केपी ओली प्रवृत्ति भएको कारणले समस्या भएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा गरेका हुन् ।



उनले भने – ‘एमालेभित्र पनि केपी ओली प्रवृत्ति नेतृत्वमा हुँदा धेरै ठूलो प्रतिगमनतिर जाने खतरा पैदा भयो’ उनले थपे – ‘त्यो प्रवृत्ति नहुने हो भने हजारौं कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ भन्ने मलाई लाग्छ।’

उनले एमालेभित्र माओवादीको बीउ रोपिएको दाबी पनि गरे । उनले त्यो बीउ केही समयपछि फूल्ने फल्ने पनि बताए । उनले भने – ‘हामीले सबै सच्चा कम्युनिस्टहरुलाई एकीकृत गर्नुछ, जो माओवादीभन्दा बाहिर पनि छ ।’

एमालेमा माओवादीको बिउ रोप्यौ प्रचण्ड उनले अहिले सबै माओवादीहरु एकै ठाउँ आउन जनताले दबाब दिएको बताए । उनले नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरणलाई लक्षित गर्दै प्रचण्ड कहाँ आउन लाज नमान्न भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट