उपत्यकामा स्मार्ट लकडाउन : आजबाट के-के गर्न पाइन्छ केके पाइँदैन ?-Sutra News

उपत्यकामा स्मार्ट लकडाउन : आजबाट के-के गर्न पाइन्छ केके पाइँदैन ?

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौँ उपत्यकामा कडाई गरिने भएको छ ।



मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको थियो ।

प्रशासनले विभिन्न आदेशहरू जारी गरेको छ । अर्को सूचना नआउने बेलासम्म भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ ।

त्यस्तै सरकारले सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहने भएका छन् ।

तर पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा भने स्वास्थ्य मापदण्ड प्रयोग गरेर संचालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट