थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु-Sutra News

थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ ।



आज ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट