लुम्बिनीमा दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि माधव नेपालकाे पार्टी थप कमजोर-Sutra News

लुम्बिनीमा दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि माधव नेपालकाे पार्टी थप कमजोर

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

बुटवल- दोस्रो तहका नेतासमेत नेकपा एमालेमै फर्किएपछि माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) लुम्बिनीमा थप कमजोर भएको छ ।



जनाधार भएका नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टले एमालेमै रहने निधो गरेपछि समाजवादीलाई घाटा हुने भएको हो ।

यद्यपि नेपाल पक्षमा खुलेका धेरैजसो नेता नयाँ पार्टीमै रहेने दाबी गरिएको छ । अन्तरसंघर्षकै बेला रुपन्देही एमालेमा समानान्तर कमिटी गठन भएको थियो । समानान्तर कमिटीका अध्यक्ष तथा समाजवादी पार्टीमा खुलेका राजु गुरुङले नयाँ पार्टी कमजोर नरहेको दाबी गरे ।

उनले दोस्रो पुस्ताका नेता घनश्याम भुसालका कारण केही कार्यकर्तामा असर पर्ने भए पनि त्यतिधेरै समस्या नहुने बताए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सात केन्द्रीय नेताले नयाँ पार्टीमा सनाखत गरेका छन् । नेता सोमप्रसाद पाण्डेले सनाखत गरेपनि प्रमाणित भने भइसकेको छैन ।

सनाखत गर्नेमा नेता मेटमणि चौधरी, डा. विजयकुमार पौडेल, रामकुमारी झाँक्री, भागवत नेपाली र प्रमेशकुमार हमाल छन् ।

गुल्मीमा गोकर्ण विष्टका कारण धेरै नेता एमालेमै अडिन सक्ने अनुमान गरिएको छ । पाल्पाका सोमप्रसाद पाण्डे अन्तिममा नेपालको नयाँ पार्टीमा खुलेकाले नेपाल पक्षमा केही नेता बस्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट