निर्वाचन आयोगले माधव नेपालको पार्टीलाई मान्यता दियो, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा [प्रमाणपत्रसहित]-Sutra News

निर्वाचन आयोगले माधव नेपालको पार्टीलाई मान्यता दियो, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा [प्रमाणपत्रसहित]

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- निर्वाचन आयोगले माधव नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ ।



एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

madhav nepal.jpg

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट