माधव नेपाल नेतृत्वको पार्टीप्रति गोकुल बाँस्कोटाको टिप्पणी- नेपालमा उस्तै प्रकृतिको नयाँ पार्टी टिक्दैन-Sutra News

माधव नेपाल नेतृत्वको पार्टीप्रति गोकुल बाँस्कोटाको टिप्पणी- नेपालमा उस्तै प्रकृतिको नयाँ पार्टी टिक्दैन

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- मुख्य विपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) धेरै नटिक्ने दाबी गरेका छन् । बुधबार निर्वाचन आयोगमा समाजवादी पार्टी दर्ता भएको हो ।



नयाँ पार्टीप्रति टिप्पणी गर्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा भने, ‘मन एकातिर तन अर्कोतिर नगर्नु किनभने त्यसो गर्दा गति र आत्मविश्वास दुवै गुम्छ । जता मन लाग्छ त्यता लाग्नु वेश । तर तथ्य भन्छ– नेपालमा उस्तै प्रकृतिको नयाँ पार्टी टिक्दैन । वर्षेच्याउ र फुटेका पार्टीको आयु क्षणीक नै हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट