नयाँ पार्टी दर्ता गरेपछि मन्त्री माग्दै माधव नेपाल बालुवाटारमा-Sutra News

नयाँ पार्टी दर्ता गरेपछि मन्त्री माग्दै माधव नेपाल बालुवाटारमा

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।



देउवालाई भेट्न नेता नेपाल बालुवाटार पुगेका हुन् । उनीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै छन् ।  

माधव नेपालले नयाँ पार्टी दर्ता गरेलगत्तै उनी पहिलोपटक देउवा भेट्न बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार उनीहरुबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भइरहेको छ ।

माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि उनी सरकारमा सहभागी हुने सम्भावना देखिएको छ । एमाले विभाजन अगाडी विवादमा रहँदा माधव नेपालले सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा निर्णय लिन सकेका थिएनन् ।

देउवाले दल विभाजनसम्बन्धि अध्यादेश जारी गर्न लगाएपछि नेपालले हिजो नै निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट