पार्टी एकताका लागि केपी ओली इमान्दार भएनन्, नयाँ पार्टी दर्ता गर्छौंः माधव नेपाल-Sutra News

पार्टी एकताका लागि केपी ओली इमान्दार भएनन्, नयाँ पार्टी दर्ता गर्छौंः माधव नेपाल

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएका कारण अब अर्को पार्टी दर्ता गरिने बताएका छन् ।



मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अब छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताएका हुन् ।

केपी शर्मा ओली इमान्दार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उनले अब नयाँ दलमार्फत जनतामा जाने बताएका थिए ।

छलफलपछि एमाले सांसद मेटमणि चौधरीले एमाले विभाजन गर्ने कुरा टुङ्गो लागेको बताए । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उनको भनाइ छ ।

उनले लोकतान्त्रीक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राखे । 

सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट