बुढानीलकण्ठमा प्रचण्ड र माधव : ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे छलफल-Sutra News

बुढानीलकण्ठमा प्रचण्ड र माधव : ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे छलफल

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको समय तोकिदिएपछि प्रतिपक्षी गठबन्धनका नेताहरूको दौडधूप बाक्लिएको छ ।



शुक्रवार बिहान साढे ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठ छिरेका छन् ।

छलफलका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत बोलाइएको छ ।

बुढानीलकण्ठ स्रोतले छलफल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने विषयमा केन्द्रित रहने बताएको छ ।

‘संविधानको संरक्षक राष्ट्रपतिद्वारा नै संविधान भत्काउने काम भएको छ,’ देउवानिकट एक नेताले भने, ‘अहिलेको सरकारले राजीनामा नदिई अर्को सरकार बनाउन आह्वान गर्ने प्रावधान संविधानमा छैन । पहिला ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र त्यसपछि राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विषयमा हाम्रो छलफल केन्द्रित हुन्छ ।’

यसअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकमा अघि बढ्न सकिने सबै विकल्पमा जाने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले सञ्चारकर्मीहरूलाई बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट