ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुर मृत फेला-Sutra News

ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुर मृत फेला

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडाैं : निर्माणाधीन ठिमुरा-देवघाट पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ। 



वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै उनीहरू नदीमा खसेका थिए। जहाँ एक मजदुरको मृत्यु र दुई जना बेपत्ता भएका थिए भने ८ जना घाइते भएका थिए।

बेपत्ता भएका सुजित माझी र श्यामबाबु पाठकको शव घटनास्थलबाट ९ सय मिटर तल भेटिएको नारायणगढ प्रहरीले जनाएको छ।

बेपत्ता भएको तीन दिनपछि आज प्रहरीले ढुंगामा अड्एिको अवस्थामा शव फेला पारेको हो। शरीरमा सेफ्टी बेल्ट लगाइरहेकै अवस्थामा उनीहरूको शव भेटिएको छ।

घाइतेहरूको चितवन मेडिकल कलेजको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पुल गत चैत २४ गते बिहान पनि भत्केको थियो। पुल निर्माण गर्ने डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मोटर गुड्ने यो पुलको लम्बाइ दुई सय मिटर छ।

चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कंक्रिटको स्पान रहने जनाइएको छ। बीचमा ८० मिटर लम्बाइको स्टिलको स्पान रहने छ।

चैत २४ गते चितवन ठिमुरातर्फ कंक्रिटका भर्खर ढलान गरिएका दुईवटा स्पान भत्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट