अर्थमन्त्री पौडेल भन्छन्– कोरोना संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने देखियो-Sutra News

अर्थमन्त्री पौडेल भन्छन्– कोरोना संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने देखियो

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड–१९) संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने देखिएको बताएका छन् ।



सोमबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको बताएका हुन् ।

सोहीक्रममा मन्त्री पौडेलले भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रुपमा देखा परेको छ, हामी कहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलनहरू गरिएको छ ।’ उनले भने, ‘हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’ 

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरू अवलम्बन गरेर कोभिड विरुद्धको लडाइँलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरूको सहयोग आवश्यक पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट