भेरोसेल खोप काठमाडाैंका सात वटा केन्द्रबाट दिइँदै, कहाँ कहाँ लगाउन पाइन्छ?-Sutra News

भेरोसेल खोप काठमाडाैंका सात वटा केन्द्रबाट दिइँदै, कहाँ कहाँ लगाउन पाइन्छ?

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडाैं – चीन सरकारको सहयोगमा ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप आजदेखि काठमाडाैंका सातवटा खोप केन्द्रबाट दिइने भएको छ। 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिँदै आएको यो खोप राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा दिइँदै छ।

यसैबीच आजदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्र थप गरेर खोप दिन लागिएको छ।

यसअघि मन्त्रालयले वैशाख सातदेखि हिजो(आइतबार) सम्म मात्र कोरोनाको दोस्रो मात्रा खोप दिएको थियो।

जिल्ला स्वास्थ्स्य कार्यालय काठमाडौले यसअघि लगाइएका केन्द्रबाट खोप लगाउने कार्यलाई आज पनि निरन्तरता दिइने बताएको छ।

दोस्रो मात्रा खोप गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप कोभिसिल्ड लिएका व्यक्तिहरुलाई सात गतेदेखि ११ गतेसम्मलाई तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट