सर्वोच्चबाट माधव नेपाललाई जन्मदिनको ‘उपहार’-Sutra News

सर्वोच्चबाट माधव नेपाललाई जन्मदिनको ‘उपहार’

आइतबार, २३ फाल्गुन २०७७

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र यस्तो दिन ब्युँताएको छ, जुन दिन एमालेका पूर्वअध्यक्ष माधवकुमार नेपालको जन्मदिन परेको छ ।



आज २३ फागुन नेपालको जन्म दिन हो । सर्वोच्चको यो आदेशले नेकपाको प्रचण्ड-माधव समूह अपठ्यारोमा परेको छ । फैसलाले नेकपालाई ३ जेठ ०७५ अघिको अवस्थामा फर्काइदिएको छ । ३ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो ।

सर्वोच्चको यो आदेशले प्रचण्ड-नेपाल समूहलाई राजनीतिक धक्का लागेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीको जन्मदिन अर्थात ११ फागुनमा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय गरेको थियो ।

५ पुसमा मन्त्रीपरिषद् बैठकमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सदर गरिदिएपछि सर्वोच्चमा मुद्दा परेको थियो ।

सर्वोच्चको संवैधानिक इजलासले ११ फागुनमा फैसला सुनाउँदै प्रधानमन्त्रीको कदम संविधानअनुसार नरहेको निष्कर्ष निकाल्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन निर्देशन दिएको थियो ।

सर्वोच्चको उक्त निर्णय प्रधानमन्त्री ओलीको अपेक्षा विपरित थियो । प्रतिनिधिसभा भंग गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जाने ओलीको निर्णयलाई सर्वोच्चको उक्त आदेशले पल्टाइदिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट