देउवालाई मैले मात्रै हराउन सक्छु : शशांक-Sutra News

देउवालाई मैले मात्रै हराउन सक्छु : शशांक

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- १४ औं महाधिवेशनका लागि सभापतिको प्रत्यासी रहेका कांग्रेस महामन्त्री डा.शशांक कोइराललाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनमा पराजित गर्न सक्ने एक्लो उम्मेदवार आफूमात्र रहेको दाबी गरेका छन्।



७–१० फागुनमा काठमाडौं हुने भनिएको कांग्रेस महाधिवेशन मिति नजिकिदै गर्दा कांग्रेस नेताहरूले आआफ्नो दावेदारीको अभिव्यक्ति दिंदै आएका हुन्।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै डा.कोइरालालले भने, ‘मैले धेरैसँग परामर्श गर्दैछु। उहाँहरू तपाईं नै उठ्नुपर्यो भन्नुहुन्छ। तर, मैले धेरै साथीहरूको दावी छ भनेको छु। रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ। प्रकाशमान छन्, धेरै छन् सबै उठेर त भएन नि! हाम्रो लक्ष्य के हुनुपर्यो भने हामी सबै मिलेर एक जना उठ्नुपर्यो।

कोइराला थप्छन्, ‘त्यसका लागि आपसमा वार्ता हुनुपर्यो। वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ। व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाइले पनि सक्नुहुन्न। अरू जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन।’

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगामी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उनले भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट