नेकपाको दोस्रो कार्यदलले पनि एमसिसीबारे भन्यो- परिमार्जन र संशोधन नगरी अनुमोदन गर्नुहुँदैन-Sutra News

नेकपाको दोस्रो कार्यदलले पनि एमसिसीबारे भन्यो- परिमार्जन र संशोधन नगरी अनुमोदन गर्नुहुँदैन

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं- विवाद समाधानका लागि गठित सत्तारुढ नेकपाको आन्तरिक कार्यदलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता परिमार्जन र संशोधनपछि मात्रै अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ।



पार्टीभित्र देखिएका विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलले शनिबार (६ भदौ)मा बुझाएको १८ पृष्ठ लामो प्रतिवदेनमा नेकपाभित्र निकै विवादित बनेको एमसिसीबारे सुझाव दिइएको छ।

‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सोसम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने,’ सो प्रतिवेदनमा भनिएको छ, ‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने।’

यसअघि गत माघमा एमसिसीबारे पार्टीभित्र उठेको विवाद टुंगो लगाउन सुझाव दिन बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो। सो कार्यदलले ९ फागुनमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनमा पनि एमसिसीमा सच्याउनुपर्ने दर्जन बढी सुझाव दिएको थियो।

सम्झौतामा उल्लेख गरिएको ‘अमेरिकाको वर्तमान वा भविष्यमा लागू हुने कानुन र राष्ट्रिय सुरक्षा हित विपरीतका क्रियाकलाप हुन नहुने’ भन्ने विषयलाई स्पष्ट किसिमले खुलाउनुपर्ने सिफारिस उक्त कार्यदलले गरेको थियो।

पछिल्लो कार्यदलले पनि अघिल्लो कार्यदले दिएका सुझावलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट