सरकारको निर्णय : लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राखिने-Sutra News

सरकारको निर्णय : लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राखिने

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं- सरकारले काठमाडौंका अस्पतालहरुमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।



बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले उपत्यकाका अस्पताल र मेडिकल कलेजमा ६ हजार आइसोलेसन बेड तयार गर्ने बताए ।

लक्षण नदेखिएका कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने निर्णय पनि सरकारले गरेको छ । संक्रमित बढ्दै गएकाले अस्पताल ठाउँ नहुने अवस्था भएको हुँदा लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने तयारी भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

बैठकले सीमा क्षेत्र र अन्तरजिल्ला आवागमनमा कडाइ गर्ने समेत निर्णय गरेको छ ।

‘अन्तर्राष्टिय सीमा, सीमावर्ती क्षेत्र, अन्तरजिल्ला र जिल्लाभित्रको संक्रमणको उच्च जोखिम भएको क्षेत्रभत्रको आवतजावतलाई नियन्त्रण गर्ने, अति आवश्यक रुपमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्क लगाउने, सामाजिक दुरी र स्यानिटाइजर लगायतका मापदण्डलदाई पालना गराउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । मापदण्ड पालना नभए प्रचलित कानुनबमोजिम कारबाही हुनेछ, ’ अर्थमन्त्री खतिवडाले बताए ।

बैठकले विदेशबाट ल्याइएको नेपाली कामदारलाई क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च सरकारले व्यहोर्ने समेत निर्णय गरेको छ । यद्यपि, अन्यको हकमा भने यात्रुले नै व्यहोर्नु पर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट