थप ६४१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै १७२ संक्रमित थपिए-Sutra News

थप ६४१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्रै १७२ संक्रमित थपिए

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। त्यस्तै थप दुई जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १०४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा १३४ जना कोरोनामुक्त भएका छन्। हालसम्म १७ हजार ३३५ जना कोरोनमुक्त भएका छन्।

त्यस्तै काठमाडौंमा उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट