काठमाडौं–भारतको कर्नाटक राज्यका पूर्वमुख्यमन्त्री सिद्धारामैयालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुद्धारामैयाले सोमबार ट्विटरमार्फत् कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्,‘कोरोना भाइरस परीक्षण गर्दा मलाई संक्रमण पुष्टि भएको छ । चिकित्सकको सल्लाहअनुसार म अस्पताल भर्ना भएको छु ।’
साथै,उनले आफ्नो सम्पर्कमा आएका मानिसहरूले परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न अनुरोध पनि गरेका छन् । सुद्धारामैया भारतीय कंग्रेस पार्टीको नेता हुन् । उनले सन् २०१३ बाट सने् २०१८ समम कर्नाटकको मुख्यमन्त्रीको पद सम्हालेका थिए ।