थामियाे सुनकाे मूल्यबृद्धि-Sutra News

थामियाे सुनकाे मूल्यबृद्धि

शुक्रबार, २३ चैत्र २०८०

शुक्रबार, २३ चैत्र २०८०

काठमाडाैं । स्थानीय बजारमा सुनकाे मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबार भने गिरावट देखिएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ ।

बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट