नेप्से घट्दा पनि लघुवित्त क्षेत्रका लगानीकर्ता मालामाल-Sutra News

नेप्से घट्दा पनि लघुवित्त क्षेत्रका लगानीकर्ता मालामाल

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको गिरावट आयो । २.७३ अंकले घट्दै बजार २००४.०५ को बिन्दुमा ओर्लियो ।



यस दिन कारोबारमा आएका २४५ कम्पनीमध्ये १२८ कम्पनीको मूल्य घट्यो भने १०६ कम्पनीको मूल्यमा बृद्धि भयो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

एकल अंकले बजार घट्दा पनि यस दिन लघुवित्त क्षेत्रका लगानीकर्ता मालामाल बने । समग्रमा नेप्से ०.१३ प्रतिशतले घट्दा लघुवित्त क्षेत्रमा भने २.३८ प्रतिशतले बृद्धि भयो । यस दिन लघुवित्त क्षेत्रका ५१ कम्पनीमध्ये ४८ कम्पनीको मूल्य बढ्यो भने तीन कम्पनीको मूल्यमा झिनो गिरावट आयो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मानुषी लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, लक्ष्मी लघुवित्तलगायतको मूल्य सर्किट लेबलमा बृद्धि भयो ।

लघुवित्त क्षेत्रमा उत्साहपूर्ण बृद्धि हुँदा यस दिन कारोबार रकममा पनि सुधार आएको छ । स्टक एक्सचेन्जका अनुसार ६९ लाख ६३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा यस दिन कारोबार रकम तीन अर्ब तीप्न करोड ७२ लाख रुपैयाँ बढीको भयो । जुन केही सातायतौ उच्च कारोबार हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट