बालेन साहको दाबी- धरहराको पार्किङमा रजाइँ गर्ने मनसाय देखिएको छ-Sutra News

बालेन साहको दाबी- धरहराको पार्किङमा रजाइँ गर्ने मनसाय देखिएको छ

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सरकारी जग्गामा कसैलाई रजाइँ गर्न नदिने बताएका छन् । उनले आफूहरू रहँदासम्म निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग गर्न नदिने दाबी गरेका हुन् ।



मेयर साहले धरहरामा बनेकाे पार्किङ ठेक्का लिएर रजाइँ गर्ने उद्देश्य भएकाले महानगरको काममा अवराेध गरेको बताए । “अहिले धेरैको नजर धरहराको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ,” उनले भने, “हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।”

यस्तै, मेयर साहले धरहरामा खुलाइएको पार्किङ बन्द नहुने बताउँदै निशुल्क रुपमा व्यवस्थित तरिकाले काम गर्दै जाने बताए । उनले आफूलाई सरकारबाट पार्किङ बन्द गराउन पत्र आएको खुलाउँदै आजभन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे पनि किन काम नसकेको भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट