मौसम खराब हुँदा नेपालगञ्जबाट हुने हवाई उडान प्रभावित-Sutra News

मौसम खराब हुँदा नेपालगञ्जबाट हुने हवाई उडान प्रभावित

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् ।



शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा विमानस्थलबाट हुने कुनै उडान प्रभावित भएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिए ।

प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको छ जहाजको उडान नभएको बताए ।

काठमाडौं जाने श्री एयरलाइन्सको दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको छ उडान नभएको उनको भनाइ थियो । यसबाहेक श्रीएयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन ।

बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ ।

केही साताअघि चिसो बढेको भन्दै नेपालगञ्ज उपमहानगरले सामूहिकरूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट