दुबईबाट काठमाडौँ उड्नै लागेको जहाजको इन्जिन बिग्रिएपछि …-Sutra News

दुबईबाट काठमाडौँ उड्नै लागेको जहाजको इन्जिन बिग्रिएपछि …

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौँ । नेपाल वायुसेवा निगमको एक जहाजमा समस्या देखिएको छ । नेपाल वायुसेवा निगमको एयरबस ए ३२० जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि दुबईमै ग्राउण्डेड भएको छ ।



उक्त जहाजबाट १ सय ४२ यात्रु नेपाल आउन लागेको जनाइएको छ । निगमको जहाज काठमाडौंका लागि उड्नै लाग्दा इन्जिन बिग्रिएको हो ।

जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि शनिबार राति १ बजे विमानस्थलमा पुगेका यात्रुहरु नेपाल फर्किने टुंगो नलाग्दा अलपत्रमा परेको जनाइएको छ । आइतबार बिहान १० बजे अवतरण हुने समय थियो तर इन्जिनमा समस्या देखिएकाले नियमित उडान प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट