प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय दिन आनाकानी गरे सत्ता गठबन्धन भत्किन सक्ने-Sutra News

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय दिन आनाकानी गरे सत्ता गठबन्धन भत्किन सक्ने

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय दिन आनाकानी गरेपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलमलमा परेको छ । नागरिकताको प्रमाणपत्र अवैध ठहर भएसँगै गत शुक्रबार प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।



नागरिकताको प्रमाणपत्र लिएसँगै पार्टी सभापतिमा चयन भएका लामिछाने पुनः आफूलाई गृहमन्त्री बनाउनुपर्ने मागसहित सत्तारुढ दलभित्र लविङ गरिरहेका छन् । गृहमन्त्रालय आफ्नै भागमा परेकोले फेरि पाउनुपर्ने रास्वपाका नेताहरुको दाबी छ । पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय आफूहरुकै भागमा परेकोले पद नछाड्ने यदि छाड्न परे सरकारबाट नै बाहिरिने चेतावनी दिएका छन् । गृहमन्त्रालयमा लामिछाने नभए अरु नै पठाउने निर्णयमा पुगिसकेको रास्वपा सो पद नपाए सरकारबाटै बाहिरिने पक्षमा देखिन्छ ।

लामिछानेले गृहमन्त्रालय आफ्नै पर्टीले नै पाउनुपर्ने प्रस्तावसहित आज पनि प्रधानमन्त्री प्रचण्डलाई भटेका छन् । आज प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेबीच भावी गृहमन्त्रीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पार्टीलाई गृहमन्त्रालय दिन आग्रह गरेका थिए। तर गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले त्यसमा खासै मन नलगाएको स्रोतको भनाई छ ।

प्रधानमन्त्री प्रचण्ड तत्कालै लामिछानेलाई गृहमन्त्री बनाउने मनस्थितिमा नदेखिएको बताइएको छ । लामिछानेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले गृह मन्त्रालय नपाउने हो भने सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने चेतावनीसमेत समेत दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेकोले अब यसबारे सत्ता गठबन्धनमा छलफल गरेरै निर्णय लिने बताए । प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमालेले समेत गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव दिए पनि त्यसमा प्रधानमन्त्रीले मन लगाइरहेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले रास्वपाको जिम्मामा परेको गृह मन्त्रालय दिन आनाकानी गरेसँगै गठबन्धन भत्किने संकेत समेत देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट