धनुषा ४ मा महेन्द्ररायलाई पछ्याउँदै रघुवीर, घटाए मतान्तर-Sutra News

धनुषा ४ मा महेन्द्ररायलाई पछ्याउँदै रघुवीर, घटाए मतान्तर

सोमबार, १२ मंसिर २०७९

सोमबार, १२ मंसिर २०७९

धनुषा – धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल राय सात सय ४५ मतसहित अघि छन् । कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा छन् ।



हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह-महामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नाै सय १० मतसहित पछयाइरहेका छन् । अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट