दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले किन दिए राजीनामा ?-Sutra News

दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले किन दिए राजीनामा ?

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मंगलबार पदबाट राजीनामा दिएका छन् ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको राजीनामा पत्र मंगलबार नै स्वीकृत भएको छ ।

बतास समूहले उक्त क्षेत्रमा व्यवसाय चलाउने भनेपछि उनीमाथि आरोप लागेको थियो ।

त्यस्तै सोमबार मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि यो ठेक्का सम्झौतामा कार्यकारी निर्देशक दाहाल नै मुख्य दोषी ठहर गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन समितिसमेत गठन गरेकाले सो कार्यलाई सहज होस् भन्ने उद्देश्यले दिएको कुरा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट