माधव नेपाललाई ठुलो धक्का- यी सांसदले साथ छाड्दै-Sutra News

माधव नेपाललाई ठुलो धक्का- यी सांसदले साथ छाड्दै

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धक्का परेको छ । आफ्नो पक्षमा रहेका ४ सांसदहरुले छाड्ने सम्भावना बढेपछि उनलाई धक्का पर्ने भएको हो ।



पार्टी सनाखतका लागि निर्वाचन आयोग पुगेका माधव समूहका ४ सांसदहरुलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि उनी तनावमा रहेका हुन् । पार्टी सनाखतका लागि उनीहरुलाई आयोगले हिजो बुधबार बोलाएको थियो । अहिलेसम्म नेपालले दल दर्ताको प्रमाणपत्र भने पाइसकेका छन् ।

आयोगले सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर आयोगले अस्वीकार गरेको हो । यससँगै कानूनी रुपमा उनीहरु कुन पार्टीका नेता हुन् भन्ने कुरामा प्रश्न उठेको छ ।

नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।

निर्वाचन आयोगले हस्ताक्षर अस्वीकार गरेपछि उनीहरु नयाँ पार्टीमा जान मिल्ने या नमिल्ने भन्ने विषयमा अन्यौल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट