आफ्नै दलका नेताहरुको दवावमा माधव नेपाल- मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी !-Sutra News

आफ्नै दलका नेताहरुको दवावमा माधव नेपाल- मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी !

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेबाट छुट्टिएर निर्वाचन आयोगबाट मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी ( नेकपा एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ ।



सरकारमा सहभागी हुने बाटो खुलेसँगै यतिबेला माधव समूहमा मन्त्री बन्ने होडबाजीमा धेरै नेताहरु लागिपरेका छन् ।

स्रोतका अनुसार यतिबेला माधव नेपाललाई मन्त्रीको नाम छनोट गर्न दवाव आएको छ । धेरै नेताहरुले मन्त्री बन्ने चाहना देखाएपछि अहिले माधव नेपाल तनावमा छन् ।

एमालेमा विद्रोह गरिरहेका नयाँ पार्टीका नेताहरु बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु आफूलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडानमा रहेको स्रोत बताउँछ ।

केही नेताहरुले मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी दिएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट