ओलीले घर न घाटको बनाउने संकेत देखेपछि नयाँ पार्टी खोल्नुपर्ने अवस्था आयो- माधव नेपाल-Sutra News

ओलीले घर न घाटको बनाउने संकेत देखेपछि नयाँ पार्टी खोल्नुपर्ने अवस्था आयो- माधव नेपाल

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले ओलीले पार्टीमा षड्यन्त्र गरेका कारण आफूहरुले नयाँ पार्टी खोलेको आरोप लगाएका छन् ।



मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ओली लामो समयसम्म पनि नसुध्रेको उल्लेख गर्दै उनले भने ‘घर न घाटको हुने अवस्था देखिएपछि नयाँ पार्टी बनाउने विषयमा छलफल भयो, केही सहमत हुनुभयो ।’

त्यस्तै उनले केही नेताहरुले पार्टी नफुट्ने तरिकाले अगाडी बढ्न सुझाव दिएको उल्लेख गरेका छन् ।

‘ओलीकोसामु घुँडा टेकेर बस्नुपथ्र्याे’, उनले भने, घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नु परेको हो ।’अब आफ्नो पार्टीले अरु वामपन्थी दलहरुसँग एकता गरेर मुलुक र जनताको हितमा काम गर्ने उनको भनाइ छ । 

एमालेबाट विभाजन भएर नेता नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले भोलि बुधबार सनाखतका लागि उनीहरुलाई कार्यालयमा बोलाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट