काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइने-Sutra News

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइने

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । कोरोना संक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञा काठमाडौँमा थप् १० दिन लम्बिने भएको छ ।



काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबिच भएको बैठकले काठमाडौँमा थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

अहिलेको निषेधाज्ञा पहिलाको भन्दा थोरै खुकुलो हुन्छ । गत जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

त्यस्तै अहिलेको निषेधाज्ञामा सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ। अब निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट