बालुवा–गिट्टीको निकासीले देशको अर्थतन्त्र उकास्न सहयोग गर्छ, अन्य भ्रम सिर्जना नगरौं- मुख्यमन्त्री पौडेल-Sutra News

बालुवा–गिट्टीको निकासीले देशको अर्थतन्त्र उकास्न सहयोग गर्छ, अन्य भ्रम सिर्जना नगरौं- मुख्यमन्त्री पौडेल

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बालुवा–गिट्टीको निकासीको विषयलाई चुरे क्षेत्रको विनाससँग जोडेर भ्रम सिर्जना गर्न नहुने बताएका छन् ।



बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री पोखरेलेल यस्तो बताएका हुन् ।

गत जेठ १५ गते मात्रै सरकारका  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को वजेट वक्तव्यमार्फत ढुंगा, गिट्टी, बालुवा निकासीबाट आम्दानी गरी व्यापार घाटा कम गर्ने घोषणा गरेका थिए।

त्यस्तै उनले बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी-खोलाको ढुंगा वालुवा वा चुरे उत्खननगरी निकासी गर्न अनुमती दिने नभनेको बताएका छन् ।

उनले लुम्बिनी  प्रदेश  सरकारले यस विषयमा केन्द्र सरकारलाई पहिले देखि ध्यानाकर्षण गर्दै आएको उल्लेख गरका छन् । यसरी खानी परिचालन गर्दा सडक यातायातमा समेत असर पर्न नदिनेगरी रोपवेको प्रयोग गर्ने नीति सरकारले अघि सारेको उनको भनाई छ  ।

त्यसबाट चुरेमा हुने अवैध उत्खनन समेत रोकिएर तराईको खेतीयोग्य जमिनको सुरक्षा हुने र नेपालको व्यापारघाटा कम गर्न समेत मदत पुग्ने उनको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट