ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्नु नीतिगत भ्रष्टाचार हो, यो निर्णय रोकेरै छाड्छौं – गगन थापा-Sutra News

ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्नु नीतिगत भ्रष्टाचार हो, यो निर्णय रोकेरै छाड्छौं – गगन थापा

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खनिजजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्नु  नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।



बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो बताएका  हुन् ।

‘आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ।चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट