ओलीले आफूहरूलाई बेवास्ता गरेकाे भन्दै नेपाल पक्ष रुष्ट-Sutra News

ओलीले आफूहरूलाई बेवास्ता गरेकाे भन्दै नेपाल पक्ष रुष्ट

बिहिबार, २७ फाल्गुन २०७७

बिहिबार, २७ फाल्गुन २०७७

काठमाडौं- एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले आफूहरुलाई बेवास्ता गरेकोप्रति आपत्ति जनाएको छ ।



आफू निकटका स्थायी कमिटी सदस्यहरुको बैठकले आफूहरु फुटको मानसिकतामा नभए पनि ओलीले बेवास्ता गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

‘अदालतबाट दुई दल ब्युँतिएपछि हामी एमालेलाई थप एकतावद्ध बनाउने र पार्टी फुट्न नदिने मनस्थितिमा छौं तर, संगठनात्मक काम गर्नेगरी बैठक बसेर अगाडि बढ्नुपर्नेमा त्यस्तो देखिएन । बरु उल्टै एमाले र माओवादी फुटाउँदै कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्र हुन थाल्यो’ बैठकपछि नेता भीम रावलले भने ।

बुधबार बसेको नेपालपक्षीय केन्द्रीय सदस्यहरुको बैठकले पनि ओलीले पेलेर अगाडि बढ्ने नीति लिए समानान्तर शैलीमा पार्टीका गतिविधिलाई अगाडि बढाउने चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट