माधव नेपाल सक्कली एमाले हो : नेता नेपाल-Sutra News

माधव नेपाल सक्कली एमाले हो : नेता नेपाल

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी र्शमा ओलीले आफ्नो हुर्मत लिएको बताएका छन् । उनले काठमाडौंमा जारी आफू पक्षका पत्रकारहरुको सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।



सम्मेलनमा बोल्दै नेपालले भने, ‘केपी ओली ऐजरु हो । तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ । ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् । ओलीका सबै गलत फेहरिस्त ल्याउनुहोस् ।’

‘सञ्चारका सबै माध्यमबाट सकारात्मक भूमिका खेल्नुहोस् । अहिले साइबर सेना बनेको छ रे,’ नेता नेपालले भने, ‘तपाईंहरु त्यसका विरुद्ध लाग्नुहोस । त्यो झुसिल किराले केही गर्न सक्दैन ।’  केपी ओली एमाले होइन । सक्कली एमाले भन्ने हो भने माधव नेपाल हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट